काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र पूर्वसांसद डा. धवलशमशेर राणाको सहकार्यमा गठन हुन लागेको नयाँ राजनीतिक दल जय नेपाल पार्टी औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
सबै प्राविधिक तथा सांगठनिक तयारीहरू पूरा भएसँगै कार्यदलको निर्णय बमोजिम साउन २९ गते शुक्रबार दर्ता प्रक्रिया अघि बढाउन लागिएको हो ।
डा. राणाका अनुसार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा शुक्रबार दिउँसो १२:१५ बजे पुगेर दल दर्ताको निवेदन दिइनेछ ।
नयाँ राजनीतिक अभियानलाई सशक्त बनाउन तथा दर्ता प्रक्रियालाई उत्साहप्रद बनाउन उनले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आयोग परिसरमा उपस्थित हुन आग्रह गरेका छन्।

