काठमाडौँ । नेपाल आयल निगमले आयात सहज रहेको दाबी गरेता पनि स्थानीय खुद्रा पसलहरूमा खाना पकाउने ग्यास लिन सर्वसाधारण घन्टौँ लाइन बस्न बाध्य भएका छन् ।
कोटेश्वर–३२ स्थित सेतीओपी मार्गमा रहेको एक खुद्रा पसलअघि बिहानैदेखि सिलिन्डर बोकेर आउने उपभोक्ताको लामो लाइन देखिएको छ ।
स्थानीय स्तरका खुद्रा पसलहरूमा पर्याप्त मात्रामा ग्यास सिलिन्डर नपुग्दा र आपूर्ति अनिश्चित बन्दा सर्वसाधारण नागरिकता वा अन्य प्रमाण बोकेर घन्टौँ पालो पर्खिन बाध्य छन् ।
ग्यास डिपोहरूमा पुग्न नसक्ने र नजिकैको किराना तथा खुद्रा पसलमा निर्भर रहने स्थानीय उपभोक्ताले ग्यास आउनासाथ पसलअघि भीड लाग्ने दृश्यले बजारमा ग्यास वितरण व्यवस्थित हुन नसकेको देखाउँछ ।
फोटो: टेरेन्स महतो


