Khaptad Organic Nepal

काठमाडौँ । सरकारले वर्षायाममा बढी भएर खेर गइरहेको बिजुलीको उपयोग बढाउन विद्युत महसुल घटाउने तयारी थालेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा प्राधिकरणले गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन समिति गठन गरेको थियो । सोही समितिले अहिले उपभोक्ता तथा उद्योगहरूलाई लक्षित गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउन आवश्यक गृहकार्य अगाडि बढाएको हो ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उक्त समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, ऊर्जा विज्ञ, उपभोक्ता अधिकारकर्मी तथा वित्त विज्ञहरू समेटिएका छन् ।

बर्खामा बिजुली खेर जाँदा प्राधिकरणले ठूलो वित्तीय घाटा व्यहोर्नु परेकाले आन्तरिक खपत बढाउन ‘सिजनल ट्यारिफ’ ल्याउन लागिएको संयोजक शाहीले जानकारी दिएका छन् । उद्योगहरूलाई बर्खायामको बिजुली सस्तो मूल्यमा उपलब्ध गराउँदा उनीहरूले उत्पादन गर्ने वस्तुको मूल्यसमेत घटाएर सर्वसाधारणलाई राहत दिन सकिने विषयमा पनि छलफल भइरहेको छ ।

महसुल घटाउने र सहुलियत तय गर्ने सम्बन्धमा आज मन्त्रालयमा निर्णायक बैठक बस्दैछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।