काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुईवटा समितिको बैठक आयोजना हुँदैछ । जसअनुसार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति र संयुक्त संसदीय सुनुवाइ समितिको छलफल निर्धारण गरिएको छ ।
बिहान साढे ९ बजे तय गरिएको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकबारे दफावार छलफल हुने कार्यसूची छ । यस बैठकका लागि अर्थमन्त्री, अर्थ सचिव, कानुन सचिवका साथै नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूलाई समेत आमन्त्रित गरिएको छ ।
यस्तै, सोही समयमा बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा माग गरिएका सूचना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालनसम्बन्धी विषयमा छलफल हुनेछ ।

