Khaptad Organic Nepal

काठमाडौँ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाका दुई गरी कुल पाँच वटा समितिका बैठकहरू बस्दैछन् ।

बिहान साढे ९ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने कार्यसूची छ। सो बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि विस्तृत छलफल हुनेछ ।

त्यस्तै, बिहान १० बजे पूर्वाधार विकास समितिको बैठक बोलाइएको छ। उक्त बैठकमा पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारीको विषयलाई लिएर लगानी बोर्ड र निजी क्षेत्रका प्रतिनिधिहरूसँग विचार-विमर्श गरिनेछ ।

बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायतका सरोकारवाला निकायहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

दिउँसो १ बजे राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। उक्त बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गर्ने तयारी छ ।

त्यसैगरी दिउँसो २ बजे राष्ट्रिय सभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। सो बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीतिका विविध पक्षमा छलफल हुनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।