Khaptad Organic Nepal

काठमाडौँ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय कलंकीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमितकुमार श्रेष्ठविरुद्ध सोमबार विशेष अदालतमा आरोपपत्र दर्ता गराएको हो ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ स्थित जग्गा हालसाबिक गरी कित्ता मिलान गर्नका लागि उनीहरूले ५० हजार रुपैयाँ माग गरेको आयोगको अनुसन्धानबाट खुलेको छ । साविक मच्छेगाउँ–९ग मा परेको जग्गाको कित्ता मिलानमा सहजीकरण गरिदिने बहानामा नियमअनुसार गर्नुपर्ने काम नगरी सेवाग्राहीलाई नियतवश दुःख दिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार दुवै जनाले सो रकम सोझै आफूले नलिई कार्यालय सहयोगीमार्फत बुझ्न सहमति जनाएका थिए । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर पुष्टि भएपछि आयोगले ५० हजार रुपैयाँ बिगो कायम गर्दै दुवै जनाविरुद्ध कैद र बिगो अनुसार जरिवाना सजायको मागदाबी गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।