Khaptad Organic Nepal

काठमाडौँ । जेई संक्रमणको दर तीव्र रूपमा वृद्धि भएसँगै झापा र कैलालीका तोकिएका क्षेत्रमा विशेष खोप अभियान सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जोखिमयुक्त क्षेत्रको पहिचान गर्दै असोजको पहिलो सातादेखि दुवै जिल्लामा खोप कार्यक्रम सुरु गर्न लागेको हो । जसअन्तर्गत कैलालीमा असोज १ गतेबाट र झापामा असोज ५ गतेबाट सर्वसाधारणलाई खोप दिइनेछ ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार संक्रमणको जोखिम बढी रहेका स्थानलाई लक्षित गरी पहिलो चरणको खोप अभियान सुरु गर्न लागिएको हो ।

अभियानअन्तर्गत झापाका सबै स्थानीय तहका साथै कैलालीका धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा ३० वर्ष वा सोभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई खोप प्रदान गरिनेछ ।

अभियानलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न काठमाडौँस्थित केन्द्रीय भण्डारणबाट खोप सम्बन्धित जिल्लाहरूमा पठाउने तयारी भइरहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।