Khaptad Organic Nepal

काठमाडौँ । रसुवामा गएको बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी कार्यलाई तीव्रता दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले विपद्ले पुर्‍याएको क्षतिको तुलनामा हालसम्म भएका खोज तथा उद्धारका प्रयासहरू अपर्याप्त देखिएको बताए । उनले थप दक्ष जनशक्ति, आधुनिक उपकरण तथा आवश्यक स्रोत-साधनको तत्काल व्यवस्थापन गरी खोजी प्रक्रियालाई अझ प्रभावकारी बनाउन माग गरे ।

सचेतक बुर्लाकोटीले उद्धार गरिएका, बेपत्ता भएका र ज्यान गुमाएका व्यक्तिहरूको आधिकारिक विवरण स्थानीय प्रभावित वडा तहसम्म नियमित रूपमा पुर्‍याउने र पीडित परिवारलाई सोझै जानकारी दिने संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।

साथै फेला परेका शवहरूको पहिचानमा सहजताका लागि तत्काल डिएनए परीक्षणको प्रबन्ध मिलाउन, आवश्यक प्रविधि र विज्ञ टोली खटाउन उनले सरकारसँग आग्रह गरे । यसका साथै भविष्यमा बाढी तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा कुनै पनि मानव बस्ती, सार्वजनिक भवन वा भौतिक पूर्वाधार निर्माणमा रोक लगाउनुपर्ने सुझाव समेत उनले प्रस्तुत गरे ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।