Khaptad Organic Nepal

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार र दीर्घकालीन पुनरुत्थानका लागि जर्मनीले नेपाललाई ८० लाख युरो (करिब १ अर्ब २५ करोड रुपैयाँ) भन्दा बढीको आर्थिक तथा भौतिक सहायता घोषणा गरेको छ ।

जर्मन सरकारले आपत्कालीन मानवीय सहायताका साथै स्वास्थ्य, ऊर्जा, खानेपानी र विपद् उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा यो सहयोग परिचालन गर्ने भएको हो ।

नेपाल सरकारको अनुरोधपछि युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत त्रिपाल, झुल, भान्साका सामान, फोल्डिङ बेड र खानेपानी उपकरणसहित ५ लाख युरो बराबरका आपत्कालीन सामग्री पठाइएको छ । यस्तै, बाढी प्रभावित गर्भवती महिला, सुत्केरी, नवजात शिशुको स्वास्थ्य सेवा तथा विस्थापित शिविरको अवस्था सुधार गर्न र आयआर्जनका अवसर सिर्जना गर्न दुई नागरिक समाज संस्थामार्फत थप २ लाख युरो प्रत्यक्ष उपलब्ध गराइँदै छ ।

विपद्को दीर्घकालीन प्रभावलाई ध्यानमा राख्दै जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले थप ७३ लाख ५० हजार युरो विकास सहयोगअन्तर्गत उपलब्ध गराउनेछ, जसको कार्यान्वयन जर्मन विकास नियोग (GIZ) ले गर्नेछ  ।

यसका अतिरिक्त संयुक्त राष्ट्रसङ्घको केन्द्रीय आपत्कालीन प्रतिकार्य कोष (CERF) र युरोपेली सङ्घमार्फत भइरहेका सहायतामा पनि जर्मनीको मुख्य योगदान रहेको छ । जर्मनीले प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै प्राकृतिक विपद्को सामना गर्न नेपालको क्षमता अभिवृद्धिमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।