Khaptad Organic Nepal

काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेपालले सेमिफाइनलमा ओमानलाई पन्छाएको थियो भने अर्को सेमिफाइनलमा हङकङ चाइनालाई हराउँदै युएईले अन्तिम दुईको यात्रा पक्का गरेको हो ।

उपाधि भिडन्त शनिबार बिहान ७:१५ बजे मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा सुरु हुनेछ । सोही दिन तेस्रो स्थानका लागि ओमान र हङकङ चाइनाबीच पनि प्रतिस्पर्धा हुने कार्यक्रम छ ।

एकदिवसीय क्रिकेटको इतिहास हेर्दा नेपाल र युएईबीच हालसम्म १५ वटा खेल भएका छन् । जसमध्ये नेपालले ९ खेलमा जित दर्ता गरेको छ भने युएई ६ खेलमा विजयी भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली यस प्रतियोगिताका लागि मलेसिया पठाएको हो । टोलीमा कप्तान लामिछानेसँगै आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा समेटिएका छन् ।

यस प्रतियोगिताको विजेता टोलीले सन् २०२७ को जुनमा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान सुरक्षित गर्नेछ । टेस्ट मान्यता प्राप्त भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान भने एसिया कपका लागि सोझै छनोट भइसकेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।