Khaptad Organic Nepal

काठमाडौँ । हरेक वर्ष सेप्टेम्बर १७ का दिन मनाइने विश्व बिरामी सुरक्षा दिवसका अवसरमा यसपटक दीर्घकालीन रोगको उपचारमा हुनसक्ने जोखिम न्यूनीकरणमा जोड दिइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को आह्वानमा आयोजना हुने यस दिवसले स्वास्थ्य उपचारका क्रममा बिरामीमा पर्न सक्ने अनावश्यक क्षति कम गर्न चेतना जगाउने लक्ष्य राखेको छ ।

सन् २०२६ का लागि तय गरिएको ‘जीवनभर सुरक्षित स्वास्थ्य सेवा’ भन्ने नाराका साथ यस वर्ष ‘गैरसङ्क्रामक रोगका लागि सुरक्षित स्वास्थ्य सेवा’ लाई मुख्य विषय बनाइएको छ । यस अन्तर्गत विशेष गरी क्यान्सर, मुटुरोग, मधुमेह र उच्च रक्तचापजस्ता निरन्तर औषधोपचार आवश्यक पर्ने रोगको निदान तथा व्यवस्थापनमा बिरामीको सुरक्षालाई प्राथमिकता दिइएको छ ।

स्वास्थ्य सेवामा औषधिको सही प्रयोग, सही पहिचान र स्वास्थ्यकर्मी तथा बिरामीबीचको स्पष्ट सञ्चारलाई मजबुत बनाउन दिवसले आह्वान गरेको छ । दिवसका अवसरमा विश्वभर विभिन्न जनचेतनामूलक र नीतिगत छलफलका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भने ऐक्यबद्धता स्वरूप सार्वजनिक स्थलहरूलाई सुन्तला रङको रोशनीले सजाइने गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।