काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आफ्नो सचिवालय बैठक बोलाएको छ ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार सभापति रवि लामिछानेको अध्यक्षतामा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।
बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा आयोजना हुने यस बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, सांगठनिक गतिविधि र आगामी कार्यदिशाका विषयमा छलफल हुने एजेन्डा रहेको छ ।

