काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिकातर्फ जाने भएपछि मुलुकको कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाएका छन् ।
आफ्नो भ्रमण अवधिभरका लागि दैनिक प्रशासनिक कामकारबाही सम्हाल्न प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शाह आज साँझ ७ बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कतर्फ प्रस्थान गर्दैछन् । भ्रमण तालिका अनुसार उनले असोज ८ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् भने असोज १० गते स्वदेश फर्किनेछन् ।

