Khaptad Organic Nepal

काठमाडौँ । मनसुन सक्रिय भएसँगै हुनसक्ने सम्भावित विपद् र जोखिमलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले कडा सतर्कता अपनाउन थालेको छ । विशेषगरी साना बालबालिकाको सुरक्षा, विद्यालय भवनको अवस्था र बाढी-डुबान हुनसक्ने सम्भावित क्षेत्रहरूमा महानगरले आफ्नो संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको हो ।

विपद् व्यवस्थापन समितिको बैठकले बाढी, पहिरो तथा डुबानको जोखिम घटाउन सबै उद्धार तथा राहत टोलीहरूलाई ‘स्ट्यान्डबाई’ राख्ने निर्णय गरेको छ । जोखिममा रहेका विद्यालयहरूको अवस्था विश्लेषण गरी आवश्यकता अनुसार पठनपाठन रोक्ने अधिकार शिक्षा विभागलाई सुम्पिएको छ ।

खोला तथा नदी किनारका बस्तीहरूमा पूर्वसूचना दिन माइकिङ गर्ने, पानीको निकास रोकिने स्थानहरूको हेरचाह गर्ने र ढल तथा क्याचपिट सफा गर्ने कामलाई तीव्र पारिएको छ । उद्धारका लागि प्रयोग हुने सवारीसाधन, आवश्यक सामग्री र दुई नगर प्रहरी टोलीलाई जुनसुकै बेला खटिन सक्ने गरी तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै, आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा सहज बनाउन एम्बुलेन्सहरू तयार राखिनुका साथै स्वास्थ्यकर्मीहरूलाई बिदा वा काजमा बस्न रोक लगाइएको छ । विपद्को बेला प्रभावित नागरिकलाई स्थानान्तरण गर्न विद्यालय र मानव सेवा आश्रमलाई अस्थायी आश्रयस्थल बनाइनेछ । राहत वितरणका लागि छुट्टै टोली गठन गरेको महानगरले नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।