Khaptad Organic Nepal

काठमाडौँ । जापानमा सञ्चालन भइरहेको २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट विधामा नेपालले विजयी सुरुआत गरेको छ । कोरोगी स्पोर्ट्स पार्क, निशिनमा सम्पन्न रोमाञ्चक भिडन्तमा नेपालले प्रतिस्पर्धी टोली अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रनको योगफल खडा गरेको थियो । १०३ रनको मध्यम लक्ष्य पछ्याएको नेपाली टोलीले १७.२ ओभरमै ५ विकेट गुमाएर जित हासिल गर्‍यो ।

नेपालको जितमा सन्दीप जोराले ३५ बलमा ३ चौका र १ छक्काको मद्दतले सर्वाधिक ३४ रनको योगदान दिए । यस्तै, टोलीका कप्तान रोहितकुमार पौडेलले ३३ रनको अविजित इनिङ्स खेले भने दीपेन्द्रसिंह ऐरीले १५ तथा कुशल मल्लले ९ रन जोडे ।

अफगानिस्तानका तर्फबाट फरिदुन दाउदजाई, अब्दुल्लाह अहमदजाई र अरब गुलले १–१ विकेट हात पारे ।

त्यसअघि, पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि फेसल खान अहमदजाई र नजिबुल्लाह जाद्रानले समान ३०–३० रन बनाएका थिए भने नङ्गेलिया खान १७ रनमा अविजित रहे । नेपाली बलिङतर्फ कुशल भुर्तेलले घातक बलिङ गर्दै ४ विकेट लिए भने ललितनारायण राजवंशीले ३ विकेट चट्याए ।

नेपाल, अफगानिस्तान र आयोजक जापान समूह ‘ए’ मा रहेका छन् । प्रतियोगिताको दोस्रो खेलमा नेपालले शनिबार जापानको सामना गर्नेछ । अर्को समूह ‘बी’ मा भने मलेसिया, हङकङ र ओमान रहेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।