स्याङ्जा । कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधस्थल नजिकै रहेको मिर्मि–रेप्का क्षेत्रको पक्की पुल कालीगण्डकी नदीमा आएको तीव्र बाढीले पूर्ण रूपमा क्षति पुर्याएको छ ।
प्राप्त विवरण अनुसार आज बिहान करिब ३ बजेको समयमा ड्यामका ढोकाहरू खोलिएलगत्तै नदीमा पानीको बहाव एकाएक बढेको थियो । सोही बहावले स्याङ्जाको मिर्मि र गुल्मीको हर्मिचौर जोड्ने मुख्य पुल बगाएको हो ।
पुल ढलेसँगै दुई जिल्ला जोड्ने सवारी आवतजावत र सीधा सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ । दुर्घटनापछि हुनसक्ने थप जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अपिल गरेको छ ।

