काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका अवसरमा शुभकामना दिँदै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी महामन्त्री गगन थापाले नेपाली राजनीतिमा निरन्तरताको परम्परालाई तोड्दै नयाँ फड्को मारेको बताएका छन् ।
अहिलेको जटिल राजनीतिक परिस्थितिमा कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउने प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै प्रचण्डले अब गगन थापाका लागि देशको बागडोर सम्हाल्ने उपयुक्त समय आएको धारणा व्यक्त गरे । सम्बोधनका क्रममा उनले लोकतान्त्रिक प्रणालीका पक्षधरहरूले अग्रज तथा वरिष्ठ नेताहरूको अवहेलना गर्न नहुनेमा जोड दिँदै सबैलाई समेटेर नेतृत्व लिन सुझाव दिएका छन् ।
मुलुक गम्भीर मोडमा रहेको र वर्तमान सरकारका गतिविधिले देशलाई थप जोखिमतिर धकेल्न सक्ने चिन्ता व्यक्त गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार तत्काल टुङ्गोमा पुर्याउनुपर्ने बताए । यी कार्यहरू समयमै सम्पन्न नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै उनले थापाकै अगुवाइमा शान्ति प्रक्रियाको बाँकी काम सफल हुने आशा व्यक्त गरे ।

