काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकै बहुप्रतीक्षित शृङ्खला ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)’ को आधिकारिक ट्रेलर दर्शकमाझ ल्याइएको छ ।
रामबाबु गुरुङद्वारा लिखित तथा निर्देशित यो चलचित्र बाँसुरी फिल्म्सको प्रस्तुतिमा तयार भएको हो । आगामी कात्तिक ६ गतेबाट यो चलचित्र देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने पक्का भएको छ ।
यसपटकको शृङ्खलामा पनि दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर र सिर्जना गुरुङ लगायतका चलेका कलाकारहरूको मुख्य भूमिका देख्न पाइनेछ ।
ट्रेलर विमोचन कार्यक्रममा अभिनेता दयाहाङ राईले आफ्नो चर्चित पात्र ‘काजी’ को नयाँ जीवन र बदलिँदो परिस्थिति समेटिएको जानकारी दिए ।
त्यस्तै, अभिनेत्री सिर्जना गुरुङले यस भागमा काजी पहिलेभन्दा बढी परिपक्व देखिने बताइन् भने अभिनेता विजय बरालले ‘बिके’ पात्रको रमाइलो भूमिका र कथाको रोचक मोडबारे चर्चा गरे ।

