काठमाडौँ । नेपाल र सुडानबीचको द्विपक्षीय सम्बन्धका साथै बहुपक्षीय हितका विषयमा मन्त्रालयमा महत्त्वपूर्ण छलफल भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका सम्भावित नयाँ क्षेत्रहरूको पहिचान गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । साथै, दुवै पक्षले साझा चासोका विविध विषयहरूमा विचार आदानप्रदान गर्नुभएको थियो ।

