Khaptad Organic Nepal

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सबस्टेसनका विभिन्न उपकरणहरूको परीक्षण तथा महत्वपूर्ण संरचना सञ्चालनसम्बन्धी काम गर्नुपर्ने भएपछि कोशी प्रदेशका पाँचवटा जिल्लामा विद्युत् आपूर्ति प्रभावित हुने भएको छ ।

प्राधिकरणअन्तर्गतको कञ्चन–१३२/३३ केभी सबस्टेसन आयोजनाले दिएको जानकारी अनुसार कात्तिक १४ गते शनिबार र कात्तिक १५ गते आइतबार — दुवै दिन बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् सेवा पूर्ण रूपमा बन्द रहनेछ ।

प्राधिकरणका अनुसार यसरी विद्युत् आपूर्ति बन्द हुने क्षेत्रहरूमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण भूभागका साथै मोरङ जिल्लाको उर्लाबारी, पथरी र त्यस आसपासका क्षेत्रहरू रहेका छन् । दुहबी–टंक १३२ केभी प्रसारण लाइनअन्तर्गत कञ्चनस्थित टावर नम्बर ६८ र ६९ को मध्यभागमा डेड इन्ड टावरदेखि टेकअप ग्यान्ट्रीसम्म नयाँ तार जोड्ने तथा लुप इन लुप आउट गर्ने अतिआवश्यक प्राविधिक कामका कारण यो आपूर्ति बन्द गर्न लागिएको हो ।

यद्यपि, शनिबार मौसममा आएको बदलि वा अन्य प्रतिकूल अवस्थाका कारण तोकिएको समयमा काम सुरु हुन नसकेको खण्डमा आइतबार बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म र सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म पनि विद्युत् आपूर्ति बन्द हुन सक्ने सम्भावना रहेको छ ।

सेवाग्राहीहरूलाई यस अवधिमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै तोकिएको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा निर्धारित समयसीमा अगावै विद्युत् सेवा पुनः सुचारु गरिने जनाएको छ । यससम्बन्धी थप जानकारी लिनु परेमा प्राधिकरणको आधिकारिक वेबसाइट प्रयोग गर्न वा ११५० नम्बरको हटलाइनमा सम्पर्क गर्न सकिनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।