Khaptad Organic Nepal

काठमाडौँ । दक्षिण अफ्रिकाका चर्चित मध्यक्रमका बायाँ हाते ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न काठमाडौँ आइपुगेका छन् । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिहरूले भव्य स्वागत गरेका थिए ।

३७ वर्षीय अनुभवी ब्याटर मिलरसँग अन्तर्राष्ट्रिय क्रिकेटका साथै विश्वका चर्चित फ्रेन्चाइज लिगहरू खेलेको लामो अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग तथा पाकिस्तान सुपर लिगजस्ता ठूला प्रतियोगिताहरूमा आफ्नो बलियो उपस्थिति जनाइसकेका छन् । आईपीएलमा दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव र गुजरात टाइटन्सबाट खेलिसकेका मिलर सन् २०२२ मा गुजरात टाइटन्सलाई उपाधि दिलाउन मुख्य भूमिकामा थिए ।

कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरजस्ता अन्तर्राष्ट्रिय स्टार खेलाडीको आगमनले नेपाली क्रिकेटको स्तर उकास्नुका साथै देशको पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

विश्व क्रिकेटमा विष्फोटक ब्याटिङका लागि चिनिने मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी-२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८०४ रन बनाएका छन् । जसमा २ शतकसहित ९ अर्धशतक सामेल छन् । उनले बंगलादेशविरुद्ध सन् २०१७ मा ३५ बलमै टी-२० अन्तर्राष्ट्रियको तीव्र शतक प्रहार गरेका थिए भने आईपीएलमा पञ्जावबाट खेल्दै रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमा शतक बनाएका थिए । समग्र टी-२० करियरमा उनले ५८४ खेल खेल्दै ४ शतक र ५३ अर्धशतकसहित १२ हजार ४३५ रन जोडिसकेका छन् ।

एनपिएलको जारी संस्करणमा कर्णाली याक्सले ३ खेलमध्ये २ मा जित र १ मा हार व्यहोरेको छ । कर्णालीले जनकपुरलाई १९ रन र विराटनगरलाई ४ विकेटले हराएको थियो भने काठमाडौँ गोर्खाजसँग ४ विकेटको पराजय भोगेको थियो । टोलीले आफ्नो चौथो खेल शुक्रबार सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्दैछ, जसमा मिलर मैदान उत्रिने तय भएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।