काठमाडौँ । बुधबार देशभर कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा छ ।
आज दिउँसो देशका हिमाली भेगसँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।
यसैगरी आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ । बिहानीपख उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । अन्य तराई भू-भागका थोरै स्थानमा पनि हुस्सु वा कुहिरो देखिन सक्ने जनाइएको छ ।

