काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार विभिन्न पाँच विधाका खेलमा प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते तय भए तापनि मङ्गलबारदेखि नै केही खेलका प्रतिस्पर्धाहरू प्रारम्भ भइसकेका छन् । सोही तालिकाबमोजिम आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीतर्फका खेलहरू सञ्चालन हुन लागेका हुन् ।
महिला क्रिकेटअन्तर्गत बिहान ९:३० बजे हुने पहिलो खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश आमनेसामने हुँदैछन् । त्यसैगरी, दिउँसो हुने दोस्रो खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुष फुटबलतर्फ पनि आज दुई महत्त्वपूर्ण खेल तय भएका छन् । जसअन्तर्गत दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशको सामना गर्नेछ भने दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशबीच भिडन्त हुनेछ ।

