Khaptad Organic Nepal

काठमाडौँ । पार्टीका भावी कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । मंगलबारदेखि सुरु भएको बैठकलाई आज पनि निरन्तरता दिन लागिएको हो ।

यसअघि मंगलबार बसेको बैठकको सुरुवातमा सभापति थापाले मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा विशेष सम्बोधन गरेका थिए । सभापतिको सम्बोधनपछि महामन्त्री प्रदीप पौडेलले बैठकका विभिन्न कार्यसूचीहरू पेस गरेका थिए ।

पार्टीका अनुसार बैठकमा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषयमा छलफल हुनेछ । यसैगरी भोटेकोशी र बूढीगण्डकी क्षेत्रको विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीहरूको व्यवस्थापन र आम नागरिकका सरोकारका मुद्दाहरू पनि बैठकका प्रमुख कार्यसूचीमा समेटिएका छन् ।

यसका साथै सरकारका पछिल्ला कामकारबाही र आगामी स्थानीय निर्वाचनको तयारीका सन्दर्भमा समेत प्रारम्भिक छलफल गर्ने कार्यसूची तय गरिएको कांग्रेसले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।