Khaptad Organic Nepal

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रा गर्ने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले विशेष ट्रली सेवा सुरु गरिएको छ ।

विमानस्थलको आन्तरिक प्रस्थान तथा आगमन कक्षमा उपलब्ध गराइएको यस सुविधाले खासगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, शारीरिक रूपमा अशक्त वा असहज अवस्था भएका व्यक्ति तथा भारी वा धेरै सामान बोकेका यात्रुलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ ।

यो सेवा पूर्ण रूपमा निःशुल्क रहेकाले ट्रली प्रयोग गरेबापत कसैले शुल्क मागेमा वा सेवा लिने क्रममा कुनै असुविधा तथा गुनासो भएमा तत्काल खबर गर्न विमानस्थल प्रशासनले आग्रह गरेको छ । यात्रुले आन्तरिक टर्मिनलका ड्युटी अफिसरको फोन नम्बर ०१–४११३२९९ मा सम्पर्क गरी आफ्नो गुनासो वा समस्या टिपाउन सक्ने व्यवस्था मिलाइएको छ ।

यात्रुमैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित थालिएको यस सेवालाई आगामी दिनमा यात्रुको माग, प्राप्त सुझाव तथा टर्मिनलको उपलब्ध स्थान हेरेर थप परिष्कृत र विस्तार गर्दै लैजाने विमानस्थलले स्पष्ट पारेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।