Khaptad Organic Nepal

काठमाडौँ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावका साथै पूर्वी क्षेत्र नजिक बनेको न्यून चापीय प्रणाली सक्रिय भएको छ ।

यसका कारण अहिले देशभरिकै आकाशमा बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने देखिन्छ । मधेश लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागे पनि तराईका बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ । विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ । यस्तै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि पानी पर्ने अनुमान गरिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी इलाकामा दिउँसो गर्मी बढ्ने र तराई क्षेत्रमा तातो हावा (लू) चल्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । यसैगरी, मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा दिउँसोतिर हावाहुरी चल्ने सम्भावना छ ।

रातिको समयमा कोशी प्रदेश र अन्य हिमाली क्षेत्रमा बादल लाग्नेछ । बागमती, गण्डकी र लुम्बिनीका पहाडी भागमा आंशिक बदली भए पनि बाँकी ठाउँको मौसम सफा रहनेछ । राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका कतिपय पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।