Khaptad Organic Nepal

काठमाडौँ । नेकपा एमालेको जारी सचिवालय बैठक आइतबार पनि बस्ने भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्दै आएको बैठक आज भने विशेष कारणवश पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बोलाइएको छ । बिहान साढे ११ बजे सुरु हुने आजको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रमलाई निरन्तरता दिनेछन् ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आजको बैठकमा सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारी लगायतले आ-आफ्नो धारणा राख्ने कार्यसूची तय भएको छ । गत शुक्रबारदेखि सुरु भएको यस बैठकमा पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र नेतृत्वको विषयमा गम्भीर बहस भइरहेको छ । १९ सदस्यीय सचिवालयका अधिकांश सदस्यहरूले पार्टीलाई नयाँ गति दिन अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न नेतृत्व हस्तान्तरणको सुझाव दिएका xछन् । हालसम्म १० जना सदस्यहरूले पार्टी पुनर्गठनको पक्षमा दह्रो गरी मत राखिसकेका छन् ।

विशेष गरी विगतमा संस्थापन पक्षमै बलियो गरी उभिएका उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेल लगायतका शीर्ष नेताहरूले समेत यसपटक पार्टी पुनर्गठनको आवश्यकतामा जोड दिएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार अहिलेसम्म उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेतले मात्र अध्यक्ष ओलीको बचाउ गर्दै आफ्नो मत राखेका छन् ।

आजको बैठकको अन्तिम चरणमा अध्यक्ष ओलीले नेताहरूले उठाएका गम्भीर प्रश्न, आलोचना र जिज्ञासाहरूको जवाफ दिने कार्यक्रम रहेको छ । यसका साथै बैठकले अध्यक्षद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनलाई संशोधनसहित अन्तिम रूप दिने तयारी गरेको छ । बैठकबाट केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने, संविधान संशोधनको एजेन्डा र हालैका राजनीतिक घटनाक्रम तथा निर्वाचन समीक्षाका लागि विशेष कार्यदल गठन गर्ने निर्णयहरू समेत हुनसक्ने बुझिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।