Khaptad Organic Nepal

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ ।

प्रधानमन्त्री शाहले आज (आइतबार) संसद्‌मा बोल्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको बयानप्रति असन्तुष्टि जनाउँदै सांसद थापाले त्यसको स्पष्ट विवरण सार्वजनिक गर्न माग गर्नुभएको हो । सीमाजस्तो संवेदनशील विषयमा बिना तथ्य र प्रमाण बोल्न नहुने तर्क गर्दै उहाँले यदि प्रधानमन्त्रीको दाबी सत्य हो भने संसद्‌लाई जानकारी दिनुपर्ने, अन्यथा उक्त भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राख्नुभयो ।

यसअघि प्रतिनिधि सभामा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले आफू सरकारको नेतृत्वमा आएपछि मात्र नेपालले पनि भारतीय भूमि मिचेको कुरा थाहा पाएको बताउनुभएको थियो । उहाँले लिपुलेकसहितका दुई देशबीच रहेका सबै सीमा विवादहरूलाई भारतसँगको कूटनीतिक छलफल र संवादका माध्यमबाट समाधान गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सोही अभिव्यक्तिले यतिबेला राजनीतिक वृत्तमा नयाँ तरंग र विवाद पैदा गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।