Khaptad Organic Nepal

काठमाडौँ । बझाङको छबिसपाथिभेरा गाउँपालिकास्थित बाँठपाली देवता मन्दिर निर्माण आयोजनामा सरकारी रकम हिनामिना गरेको अभियोगमा नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा निर्माण कार्यमा व्यापक अनियमितता भएको फेला पारेपछि सोमबार मुद्दा दर्ता गरेको हो । अख्तियारका अनुसार मुद्दा दायर गरिएकाहरूमा स्थानीय तहका तत्कालीन जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरू रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने कार्यक्रमअन्तर्गत उक्त मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो । सो बजेट दुर्गाथली गाउँपालिकामार्फत परिचालन हुने र प्राविधिक हेरचाह तथा अनुगमनको पाटो छविसपाथिभेरा गाउँपालिकाले हेर्ने गरी कार्यक्षेत्र तोकिएको थियो । उपभोक्ताको ११ लाख ७ हजार ८९७ रुपैयाँ बराबरको जनसहभागिता र आकस्मिक खर्चसहित आयोजनाको कुल लागत ५६ लाख ७ हजार ८९७ रुपैयाँ स्वीकृत भएको अख्तियारको विवरणमा उल्लेख छ ।

अनुसन्धानका क्रममा स्थलगत रूपमा वास्तविक काम थोरै भए पनि कागजातमा धेरै देखाएर सरकारी कोषको दुरुपयोग गरिएको पुष्टि भएको छ । प्रतिवादीहरूले आपसी मिलेमतोमा अस्वाभाविक रूपमा बढी दररेट कायम गरेको, सम्झौताअनुसार कट्टा गर्नुपर्ने उपभोक्ताको योगदान रकम नघटाएको तथा झुट्टा बिल–भरपाई तयार पारेर २२ लाख १ हजार ६६५ रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारको दाबी छ ।

यसरी सरकारी स्रोतको अपचलन गरी राज्यलाई हानि पुर्‍याएको भन्दै अख्तियारले दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल र लेखापाल प्रेमप्रसाद पौडेलविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै, छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला, वडा नम्बर ६ का अध्यक्ष मोहनलाल विक, इन्जिनियर हिक्मत रावल र सब–इन्जिनियर बमबहादुर बोहरालाई पनि प्रतिवादी बनाइएको छ । मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढा (कृष्ण बुढा), सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढामाथि पनि मतियारका रूपमा संलग्न रही गैरकानुनी लाभ लिएको अभियोगमा कारबाहीको माग दाबी गरिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।