काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेको अर्थ समितिको बैठक मंगलबार बोलाइएको छ ।
अपरान्ह ४ बजे बस्ने उक्त बैठकमा नेपाल राष्ट्र बैंकले बुझाएको प्रतिवेदनमाथि मुख्य रूपमा छलफल हुने कार्यसूची तय भएको छ ।
यसका साथै , समिति मातहत गठन भएका विभिन्न उपसमितिहरूले हालसम्म गरेका कामकारबाही र तिनको प्रगतिका विषयमा पनि बैठकमा समीक्षा गरिने समिति सचिवालयले जनाएको छ ।

