Khaptad Organic Nepal

काठमाडौँ । विश्वभरका युवाहरूमा व्यावसायिक क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ आज अन्तर्राष्ट्रिय स्तरमा युवा सीप दिवस मनाइँदैछ ।

रोजगारी, स्वरोजगारी र उद्यमशीलताका लागि सीपको आवश्यकता र यसको महत्वलाई बुझाउन संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ मा हरेक वर्ष जुलाई १५ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

यस वर्षको दिवस ‘साझा भविष्यका लागि सीप’ भन्ने मूल नाराका साथ तय गरिएको छ । पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई), हरित अर्थतन्त्र, डिजिटल प्रविधि र श्रम बजारमा आएको तीव्र परिवर्तनले रोजगारीको पारम्परिक स्वरूप बदलिदिएको छ । यस्तो अवस्थामा युवा पुस्तालाई केवल प्राविधिक ज्ञान मात्र नभई डिजिटल साक्षरता, सामाजिक उत्तरदायित्व, नेतृत्वदायी भूमिका, वातावरणीय चेतना तथा समस्या समाधान गर्न सक्ने बहुआयामिक क्षमताले अब्बल बनाउनुपर्ने आवश्यकतामाथि विशेष जोड दिइएको छ ।

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार सन् २०२३ मा विश्वव्यापी युवा बेरोजगारी दर १३ प्रतिशतमा सीमित भई विगत १५ वर्षकै सबैभन्दा कम विन्दुमा पुगेको देखिन्छ । यद्यपि, विश्वभर अझै पनि ठूलो संख्यामा युवाहरू रोजगारी, औपचारिक शिक्षा वा कुनै पनि प्रकारको सीपमूलक तालिमबाट पूर्ण रूपमा वञ्चित छन् । यस समस्याबाट विशेषगरी युवा महिलाहरू बढी मारमा परेका छन् ।

यसै सन्दर्भमा संयुक्त राष्ट्रसंघले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा, व्यावहारिक सीपमूलक तालिम र आधुनिक प्रविधि अनुकूलको शिक्षामा लगानी बढाउनुपर्ने औँल्याएको छ । लगानी बढेसँगै युवाहरूले रोजगारीका नयाँ अवसरहरू प्राप्त गर्ने मात्र नभई स्वरोजगार र उद्यमशीलताका माध्यमबाट मुलुकको दिगो आर्थिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने अपेक्षा राखिएको छ ।

यसै उपलक्ष्यमा आज संसारभर सीप विकास, रोजगारी प्रवर्द्धन र युवा सशक्तीकरण सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।