काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार यो आदेश दिएको हो ।
यसअघि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलमाथि अनुसन्धान गर्न अदालतले पटक-पटक म्याद थप्दै आएको छ । सुरुमा सात दिनको म्याद दिइएकोमा त्यसपछि असार १५ गते तीन दिन, असार १८ गते छ दिन र असार २४ गते पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको थियो ।

