Khaptad Organic Nepal

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतरास्थित कर्णाली राजमार्गमा बिहीबार एउटा यात्रुबाहक गाडी दुर्घटना भई कर्णाली नदीमा खसेको छ ।

सुर्खेतबाट कालिकोटतर्फ प्रस्थान गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट झन्डै ४०० मिटर तल नदीमा खसेको हो ।

प्रहरीका अनुसार उक्त गाडी सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय तुलाराम सुवेदीले चलाइरहेका थिए । दुर्घटनाग्रस्त गाडीमा चालकसहित कुल पाँच जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । नदीमा डुबेको गाडीबाट हालसम्म एक जना पुरुष यात्रुलाई उद्धार गरी सडकसम्म ल्याउने प्रयास भइरहेको छ ।

घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बाँकी हराइरहेका यात्रुहरूको खोजी तथा उद्धार कार्यमा निरन्तर जुटिरहेका छन् । दुर्घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण जानकारी आउन अझै बाँकी रहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।