Khaptad Organic Nepal

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले शिक्षा नियमावलीमा समसामयिक परिमार्जन गर्दै ‘शिक्षा दसौँ संशोधन नियमावली २०८३’ लाई पास गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले शिक्षा क्षेत्रको सुधारका लागि महत्त्वपूर्ण मानिएको यो नियमावली स्वीकृत गर्ने लगायत विभिन्न प्रशासनिक तथा नीतिगत निर्णयहरू गरेको हो ।

सरकारले आर्थिक क्षेत्रसँग जोडिएका केही नेपाली कानुनहरूलाई संशोधन तथा खारेज गर्नका लागि बनेको विधेयकलाई संघीय संसदमा दर्ता गराउने अनुमति दिएको छ । यसका साथै , अन्तर्राष्ट्रिय महासागरहरूको जैविक विविधता संरक्षणसँग सम्बन्धित ‘बीबीएन्जी’ सम्झौतालाई अनुमोदनका लागि संसदमा पेस गर्ने निर्णय समेत भएको छ ।

प्रशासनिक तर्फ सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ । त्यस्तै , विभिन्न सरकारी निकायहरूमा नयाँ नियुक्तिहरू गरिएको छ , जसअन्तर्गत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्का (धनकुटा) , गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल (कैलाली) र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना (मोरङ) नियुक्त भएका छन् ।

बैठकले देशमा सुशासन र सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन ‘राष्ट्रिय सदाचार नीति २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति २०८३’ लाई पनि स्वीकृत गरेको छ । यसका साथै , सामाजिक सुधारका क्रममा ‘कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३’ लाई समेत मन्त्रिपरिषद्ले पारित गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।