Khaptad Organic Nepal

नवलपरासी (पश्चिम) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका–४ तारेभिरमा एउटा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना यात्रु घाइते भएका छन् ।

बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८-००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट गुडिरहेको ना.६ ख ३४६० नम्बरको ट्रक ठोक्किएर उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा काठमाडौंकी ३३ वर्षीय बद्री मगर, स्वयम्भूका २५ वर्षीय नेत्रलाल नेवा, चितवन पदमपुरकी ६५ वर्षीया यनु मगर र बुटवलका ४० वर्षीय रुप गुरुङ घाइते भएका छन् । यस्तै भ्यान चालक बुटवलका ४४ वर्षीय कृष्ण थापा, सहचालक ३५ वर्षीय गोविन्द थापा, गुल्मीका २१ वर्षीय किरण मुखिया, बुटवलकै २८ वर्षीय प्रकाश भट्टराई तथा भारतको बैंगलोरका ६५ वर्षीय जगदिश बिएल र ६१ वर्षीय नन्जुण्डे गोडा पनि घाइते भएका छन् ।

घाइतेहरूमध्ये चार जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज भलुही पठाइएको छ भने बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको छ । प्रहरीले ट्रक चालक मकवानपुरका ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।