काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको पहिलो दिन सुनको भाउमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । यससँगै आज बजारमा सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम थियो ।
अर्कातर्फ, आज चाँदीको मूल्यमा भने ओरालो लागेको छ । महासङ्घका अनुसार चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ४ सय ७५ रुपैयाँमा झरेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

