काठमाडौँ । नेपाली रैथाने बजारमा पहेंलो धातु र चाँदीको भाउमा उल्लेख्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो । यससँगै आज बजारमा सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा बिक्री भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको हो । आइतबार प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार ४ हजार ३७५ रुपैयाँ कायम भएको छ ।

