काठमाडौँ । इस्लामाबादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टोली पराजित हुने क्रम रोकिएको छैन ।
प्रतियोगिता अन्तर्गत शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपाल आयोजक पाकिस्तानसँग ३–० को सोझो सेटमा स्तब्ध बनेको हो ।
पाकिस्तानको घरेलु मैदानमा भएको एकपक्षीय खेलमा नेपाल २५–१४, २५–१८ र २५–१० को फराकिलो अन्तरले पराजित भयो । यस हारसँगै प्रतियोगितामा नेपालले लगातार तेस्रो व्यथा व्यहोर्नुपरेको छ ।
यसअघि खेलिएका दुवै रोमाञ्चक प्रतिस्पर्धामा नेपाल श्रीलंका र काजकिस्तानसँग समान ३–२ को सेटमा पराजित भएको थियो ।

