Khaptad Organic Nepal

चितवन । बर्डफ्लु सङ्क्रमणका कारण गिरावट आएको अण्डाको मूल्य पुनः वृद्धि हुन थालेको छ ।

बर्डफ्लुका कारण उत्पादन घट्नु र पछिल्लो समय बजारमा माग बढ्नुले मूल्य उकासिएको हो । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ठूला फार्महरूको दरका आधारमा तय गरिएको नयाँ मूल्य आजैदेखि लागू भएको छ ।

नयाँ मूल्यसूची अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढेर ५०० रुपैयाँ पुगेको छ भने मध्यम अण्डाको मूल्य ४७० रुपैयाँ र सानो अण्डाको मूल्य ४१५ रुपैयाँ तय गरिएको छ । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार दैनिक ४५ लाख गोटा उत्पादन हुँदै आएको अण्डा बर्डफ्लुकै कारण घटेर २८ लाखमा सीमित भएको छ । जेठ अन्तिममा ५५० रुपैयाँमा बिक्री भइरहेको अण्डाको मूल्य घटेर ४५० रुपैयाँसम्म झरेको थियो ।

हाल अण्डाको लागत मूल्य प्रतिक्रेट ५७३ रुपैयाँ ६० पैसा (प्रतिगोटा १९ रुपैयाँ १२ पैसा) पर्ने भएकाले मूल्य बढे पनि किसानहरू अझै घाटामै रहेको र प्रभावित किसानका लागि राज्यले राहत उपलब्ध गराउनुपर्ने अध्यक्ष पोखरेलले बताए ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।