काठमाडौँ । संघीय संसद अन्तर्गत आज विभिन्न नौ वटा संसदीय समितिका बैठकहरू बस्दैछन् । जसअनुसार प्रतिनिधि सभा तर्फ आठ र राष्ट्रिय सभा तर्फ एक समितिको छलफल तय भएको छ ।
आज बिहान ११ बजेदेखि प्रतिनिधि सभाका तीन वटा समिति—अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक सुरु हुने कार्यसूची छ ।
यस्तै बिहान १० बजेदेखि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिका बैठकहरू सुरु भइसकेका छन् ।
उता राष्ट्रिय सभातर्फ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

