काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहयोगी हातहरूसँग त्रिपाल र खाद्यान्न लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउन अपिल गरेको छ । राहत व्यवस्थापनलाई व्यवस्थित बनाउन तोकिएका निकाय तथा सम्पर्क व्यक्तिहरूसँग पूर्वसमन्वय गरेर मात्र सामग्री पठाउन प्राधिकरणले आग्रह गरेको छ ।
प्रभावित परिवारका लागि तत्काल त्रिपाल, कम्बल, म्याट, कपडा र ग्यास सिलिन्डरसहितको भान्साका सामान आवश्यक परेको छ । यसका साथै सरसफाइ सामग्री, महिला तथा बालबालिकाका लागि आवश्यक सामान, सौर्य बत्ती, पावर बैंक, चामल, दाल र बिस्कुट जस्ता खाद्यान्न र आपत्कालीन आउजाउका लागि अस्थायी पुल समेत आवश्यक सूचीमा परेका छन् ।
प्राधिकरणले राहत सामग्री ढुवानी, सङ्कलन तथा वितरणमा समन्वयका लागि स्थान अनुसार देहायबमोजिमका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न अनुरोध गरेको छ:
हवाईमार्गबाट आउने सामग्रीका लागि (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन गोदाम):
- पुरुषोत्तम भण्डारी: ९८५११४७४७४
- चन्द्रबहादुर थापा: ९८५१०८४२३०
- निरञ्जन निरौला: ९८४३४६५९९१
स्थलमार्गबाट आउने सामग्रीका लागि (सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तालिम केन्द्र):
- प्रहरी निरीक्षक: ९८५१२५३६९९
नुवाकोट (मैथली ब्यारेक):
- दिपेन्द्र पौडेल: ९८५६०६७७७०
- प्रकाश ढुंगाना: ९८६०६५१९३८
- श्यामबाबु केडेल: ९८६४०६४६००
- युवराज भण्डारी: ९८४६१०६९२८
- शेखरबाबु ठोकर: ९८५४०४४४९७
यसैगरी रसुवाको धुञ्चेस्थित जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित स्थानीय तहसँग सिधै समन्वय गरेर पनि राहत उपलब्ध गराउन सकिनेछ । सूचीमा नपरेका अन्य सामग्री उपलब्ध गराउनुअघि विवरण इमेल (ndrrma@gmail.com) मार्फत पठाई स्वीकृति लिन प्राधिकरणले अनुरोध गरेको छ ।

