Khaptad Organic Nepal

काठमाडौँ । भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण भव्य रूपमा शुभारम्भ भएको छ ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित उक्त मेलाको उद्घाटन गर्दै अध्यक्ष ऋतु सिंह वैद्यले देशको अटोमोबाइल क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र उत्तरदायी बनाउन संस्था लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

स्थापनाको एक वर्षभित्रै सदस्य संख्या २१ बाट बढेर ३६ पुगेको जानकारी दिँदै उनले यातायातलाई विलासिता र राजस्व संकलनको माध्यम मात्र नमानी नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारी जोड्ने आधारभूत पूर्वाधारका रूपमा लिन आग्रह गरिन् । नाइमाले हरित अर्थतन्त्रको सरकारी लक्ष्यलाई समर्थन गर्ने स्पष्ट पार्दै अध्यक्ष वैद्यले विद्युतीय, हाइब्रिड तथा अन्य नयाँ प्रविधिको कर प्रणाली, वर्गीकरण र परीक्षणमा नीतिगत स्पष्टता हुनुपर्नेमा जोड दिइन् ।

सवारी साधनको एसेम्बली, इथानोल ब्लेन्डिङ, ब्याट्री रिसाइक्लिङ र सवारी परीक्षण केन्द्र स्थापनाका लागि सरकारसँग सहकार्य गर्न नाइमा तयार रहेको उनले बताइन् ।

साथै, बारम्बार फेरिने नीतिका कारण लगानीकर्तामा अन्योल सिर्जना हुने भएकाले नयाँ नियम ल्याउनुअघि सरकारले निजी क्षेत्रसँग अनिवार्य परामर्श गर्नुपर्ने उनको भनाइ थियो ।

६ दिनसम्म चल्ने उक्त एक्स्पोमा ५५ वटा ब्रान्डका सवारी साधन प्रदर्शनमा राखिनुका साथै ४० वटा नयाँ मोडेल सार्वजनिक गरिनेछ । प्रदर्शनीसँगै वैदेशिक लगानी, ब्याट्री रिसाइक्लिङ र एआईको प्रयोगबारे ‘मोबिलिटी संवाद’ कार्यक्रमसमेत सञ्चालन हुनेछ ।

 

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।