Khaptad Organic Nepal

काठमाडौँ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण सफ्टवेयर प्रणाली बिग्रिएपछि विगत एक महिनादेखि आवेदन सङ्कलनदेखि विवरण प्रमाणीकरणसम्मका सबै सेवा पूर्ण रूपमा ठप्प बनेका छन् ।

प्राविधिक समस्याका कारण नयाँ परिचयपत्र नम्बर लिन तथा राहदानीलगायतका अत्यावश्यक सेवा उपभोग गर्न पुगेका सेवाग्राहीले ठूलो सास्ती व्यहोर्नुपरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक नीराजन श्रेष्ठका अनुसार असार मध्यदेखि प्रणालीमा गम्भीर खराबी आएको हो । सरकारले राहदानी, सामाजिक सुरक्षा भत्ता, घरजग्गा किनबेच, बैङ्किङ तथा राजस्वजस्ता क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । प्रणाली नै रोकिँदा वैदेशिक रोजगारी (ईपीएस) मा जान राहदानी बनाउनुपर्ने युवाहरू बढी प्रभावित भएका छन् । समस्या जटिल बनेपछि विभागले परिचयपत्रबिना नै सेवा प्रवाह गर्न विभिन्न निकायलाई परिपत्र गरेको छ भने राहदानी विभागमा छुट्टै डेस्क स्थापना गरी प्रमाणीकरण पत्र दिन थालिएको छ ।

यसअघि २०७५ सालमा फ्रान्सेली कम्पनी ‘आइडिमिया’ सँग सम्झौता गरी यो प्रणाली स्थापना गरिएको थियो । दुई वर्षअघि सम्झौता सकिएपछि छपाइ रोकिए पनि नेपाली प्राविधिकहरूले जेनतेन प्रणाली चलाएर नम्बर भने बाँडिरहेका थिए ।

तर, हाल सफ्टवेयर नै ठप्प भएपछि र कम्पनीसँगको सम्झौता समाप्त भइसकेकाले मर्मतसम्भारमा कठिनाइ उत्पन्न भएको छ । विभागले हालसम्म करिब ४० लाखलाई परिचयपत्र वितरण र दुई करोडभन्दा बढी नागरिकलाई परिचयपत्र नम्बर उपलब्ध गराइसकेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।