Khaptad Organic Nepal

सर्लाही । सर्लाहीको हरिवनबाट पैदल यात्रा गर्दै काठमाडौँ आइपुगेका वित्तीय पीडितहरूको आन्दोलनप्रति सरकारले बेवास्ता गरेको भन्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले असन्तुष्टि जनाएको छ ।

सरकार र पीडितका प्रतिनिधिबीच हालै भएको १४ बुँदे सहमति आफूहरूलाई स्वीकार्य नभएको अभियानको भनाइ छ ।

अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई घरमै नजरबन्दमा राखेर केही व्यक्तिहरूलाई मात्र अघि बढाउँदै आन्दोलनलाई कमजोर बनाउने खेल भइरहेको दाबी गरिएको छ । तत्कालीन सरकार र प्रसाईंबीच भएको १२ बुँदे सम्झौतालाई पन्छाएर गरिएको नयाँ सहमतिले मिटरब्याज, बैंक, सहकारी तथा लघुवित्तपीडितका वास्तविक समस्या सुल्झाउनुको सट्टा थप जटिलता निम्त्याउने अभियानले उल्लेख गरेको छ ।

यसैबीच अभियानले सर्वसाधारण तथा वित्तीय पीडितहरूलाई आफ्ना नागरिकता, व्यक्तिगत विवरण वा अन्य महत्त्वपूर्ण कागजात जुनसुकै निकाय वा व्यक्तिलाई नदिन आग्रह गरेको छ ।

आधिकारिक निर्देशन र स्पष्टता बिना संकलन गरिने विवरणको दुरुपयोग हुन सक्ने र पीडितहरू थप जोखिममा पर्न सक्ने भन्दै सजग रहन र आन्दोलनमा धैर्यधारण गर्न आह्वान गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।