Khaptad Organic Nepal

काठमाडौँ । देशभरका टेलिफोन तथा इन्टरनेट सेवालाई अझ भरपर्दो र गुणस्तरीय बनाउनका लागि सरकारले पूर्वाधार विस्तार, नयाँ उपकरण थप तथा पावर ब्याकअप व्यवस्थापनलाई तीव्र गराएको छ ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्षलाई मोबाइल सेवाको पहुँच विस्तार र गुणस्तर सुधारको ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाइने स्पष्ट पारे । यसै योजनाअन्तर्गत नेपाल टेलिकमका दुई सय नयाँ टावर निर्माणका लागि प्राप्त बोलपत्रहरू अहिले मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए ।

त्यसैगरी, मुलुकका १ हजार ५९७ विभिन्न स्थानमा फोरजी सेवा विस्तार गर्न आवश्यक पर्ने उपकरण खरिदका लागि यसै साताभित्र बोलपत्र आह्वान गरिने मन्त्री तिमिल्सिनाले बताए । विद्युत् आपूर्ति बन्द हुँदा समेत दूरसञ्चार सेवा प्रभावित नहोस् भन्नका खातिर टावरहरूमा ब्याट्री ब्याकअप क्षमता अभिवृद्धि भइरहेको छ । पछिल्लो तीन महिनाको अवधिमा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा नयाँ ब्याट्री जडान भइसकेको र यसबाट विद्युत् जाँदा पनि ग्रामीण भेगमा ८ देखि १० घण्टा तथा सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा निरन्तर चल्नेछ ।

यसैबिच, भोटेकोशीमा आएको भीषण बाढीका कारण नेपाल टेलिकमको मोबाइल, तारयुक्त र मुख्य प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति पुगेको मन्त्रीले संसद्लाई गराए । बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १२० वटा साइटमध्ये ८३ वटामा सेवा अवरुद्ध भएको थियो ।

पूर्ण रूपमा नष्ट भएका तीनवटा साइटबाहेक बाँकी सबै ठाउँमा वैकल्पिक व्यवस्था गरेर सेवा पुनः सञ्चालनमा ल्याइसकिएको छ । रसुवाको टिमुरेमा हेलिकप्टरबाट सौर्य ऊर्जा प्रणाली पुर्‍याएर सेवा सञ्चालन गरिएको मन्त्री तिमिल्सिनाले जानकारी दिए । बाढीबाट क्षतिग्रस्त ६५.३ किलोमिटर फाइबर नेटवर्कमध्ये २७.४ किलोमिटर मर्मत भइसकेको छ भने टिमुरे र रसुवागढी क्षेत्रको मुख्य प्रसारण सेवालाई हाललाई माइक्रोवेभ प्रविधिमार्फत सञ्चालनमा ल्याइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।