Khaptad Organic Nepal

काठमाडौँ । जलवायु परिवर्तनको जोखिममा रहेका नेपाल र माल्दिभ्सले यसका असरविरुद्ध क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार दिउँसो भएको टेलिफोन संवादका क्रममा माल्दिभ्सका विदेशमन्त्री इरुथिशाम आदमले परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्पर्क गर्दै दुःखको यस परिस्थितिमा नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरिन् । कुराकानीका क्रममा उनले माल्दिभ्स सरकार तथा त्यहाँका जनताको तर्फबाट पूर्ण ऐक्यबद्धता प्रकट गरेकी हुन् ।

माल्दिभ्सले देखाएको यो ऐक्यबद्धता र सहयोगप्रति परराष्ट्रमन्त्री खनालले गहिरो आभार व्यक्त गरे । छलफलका क्रममा दुवै मन्त्रीले जलवायु परिवर्तनका कारण साना र जोखिममा रहेका राष्ट्रहरूले भोग्नुपरेका साझा समस्याबारे विचार-विमर्श गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै नेताहरूले जलवायु न्यायको पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन र सामूहिक पहललाई तीव्रता दिन सहमति जनाएका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।