Khaptad Organic Nepal

काठमाडौँ । रसुवागढीस्थित नेपाल–चीन सीमाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको अभूतपूर्व बाढी र त्यसले पुर्‍याएको क्षतिको विवरण सरकारले काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई गराएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार विदेशी नियोग तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूलाई बोलाएर उद्धार, राहत तथा बेपत्ता नागरिकको पछिल्लो अवस्थाबारे विस्तृत जानकारी दिएका हुन् ।

मन्त्री खनालका अनुसार केही मिनेटमै आएको लेदो र ढुंगामाटोसहितको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भारी क्षति पुर्‍याएको छ । हालसम्म १ हजार २०४ जनाको शव फेला परेको र करिब ४ हजार २०० जना अझै बेपत्ता रहेको तथ्यांक उनले प्रस्तुत गरे । उद्धार गरिएका ११ हजार ९९३ जनामध्ये ३०० भन्दा बढी विदेशी नागरिक छन् भने ३४ देशका करिब ५९० विदेशी अझै बेपत्ता रहेका छन् ।

विपत्तिको पहिलो दिनदेखि नै २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको र जटिल स्थानमा उद्धारका लागि भारत, चीन, दक्षिण कोरिया तथा इजरायलका विशेष टोलीहरू खटिएको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयमा आकस्मिक नियन्त्रण कक्ष स्थापना गरी बेपत्ता विदेशीका परिवारलाई सूचना दिने र स्वदेश फिर्ताको समन्वय भइरहेको छ ।

मन्त्री खनालले बाढी प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्यहरू सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याइदिन नियोग प्रमुखहरूलाई आग्रह गर्दै पुनर्निर्माणका लागि सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।