काभ्रे । लगातार पाँच दिनदेखि ठप्प रहेको बीपी राजमार्ग मङ्गलबार बिहानबाट पुनः सञ्चालनमा आएको छ ।
रोशी खोलामा आएको बाढीका कारण चौकीडाँडा क्षेत्रमा डाइभर्सन बनाउन नसकिएपछि निर्माणाधीन स्थायी ट्र्याकको भागलाई प्रयोगमा ल्याएर एकतर्फी यातायात खोलिएको हो ।
इलाका प्रहरी कार्यालयका अनुसार हाल साना तथा निजी सवारी साधनहरूलाई मात्र गन्तव्यतर्फ जान दिइएको छ ।
भोलिसम्ममा ठूला बस तथा मालवाहक ट्रकसमेत सञ्चालन गर्न सकिने गरी सडक फराकिलो बनाउने कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ ।

