काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा भोटेकोशीको बाढीले पुर्याएको क्षति सुधार गर्ने काम नसकिएकाले आज आइतबार पनि यातायात सेवा ठप्प हुने भएको छ ।
सडकको मर्मत कार्य नसकिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मका लागि एम्बुलेन्स र शववाहन जस्ता अति अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।
शनिबार तोकिएको समयभित्र निर्माण कार्य पुरा हुन नसकेकाले बन्दको अवधि एक दिन बढाउनुपरेको प्रशासनले स्पष्ट पारेको छ ।
यात्रुहरूलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै प्रशासनले यो अवधिमा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।

