Khaptad Organic Nepal

नुवाकोट । बाढीबाट पुगेको क्षति र जनधनको नोक्सानीलाई सम्बोधन गर्दै बेलकोटगढी नगरपालिकाले पीडित परिवारलाई तुरुन्तै नगद राहत दिने घोषणा गरेको छ ।

भोटेकोशी र त्रिशूली नदीको बहाव बढेर आएको बाढीका कारण घरबास गुमाएका, आफन्त गुमाएका वा परिवारका सदस्य बेपत्ता भएका नगरवासीलाई प्रतिपरिवार २५ हजार रुपैयाँ राहत वितरण गरिने भएको छ । प्रभावित नागरिकका लागि अस्थायी बसोबास र अत्यावश्यक राहत सामग्री व्यवस्थापनको काम समेत अघि बढाइएको नगरपालिकाले बताएको छ ।

यस्तै, बाढीले बालीनाली तथा खेतीयोग्य जमिन कटान गरी क्षति पुर्‍याएका किसान परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले तत्काल सहयोग उपलब्ध गराइनेछ । बाढीले घर पूर्ण रूपमा ध्वस्त बनाएको तर अन्यत्र घर बनाउने जग्गासमेत नभएका अति विपन्न परिवारको पहिचान गरी पुनःस्थापनाको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ ।

वास्तविक पीडितको विवरण संकलनका लागि सम्बन्धित वडाका अध्यक्ष र वडा सचिवलाई जिम्मेवारी दिइएको छ । उनीहरूले तीन दिनभित्र प्रमाणित तथ्यांक नगरपालिकामा पेस गर्नुपर्नेछ ।

यसैबीच, वडा नम्बर ७ मा रहेका अस्थायी आवास केन्द्रहरू स्थानान्तरण गर्ने निर्णय भएको छ । शिलादेवी माध्यमिक विद्यालयमा रहेको केन्द्रलाई रातमाटे चर्चमा र महादेव माध्यमिक विद्यालयको केन्द्रलाई सोही विद्यालयको छात्रावासमा सारिनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।